नियम ७०
मौजुदा सूची (स्टान्डि· लिष्ट) सम्बन्धी व्यवस्था
(१) खरिद ऐन वा यस नियमावली
बमोजिम विभिन्न खरिद सम्बन्धी सूचनाको अभिलेख राख्ने प्रयोजनको लागि खरिदको
प्रकृति अनुसार आपूर्तिकर्ता, निर्माण व्यवसायी, परामर्शदाता वा सेवा प्रदायक र
गैरसरकारी संस्था समेतको छुट्टा छुट्टै मौजुदा सूची (स्टान्डि· लिष्ट) तयार गर्नु पर्नेेछ ।
(२) खरिद ऐनको दफा १० को उपदफा (२) मा उल्लेख भएका योग्यताका
आधार बमोजिम मौजुदा सूचीमा समावेश हुनको लागि आवश्यक पर्ने योग्यता
निर्धारण गर्नु पर्नेछ ।
(३) स्थानीय निकायले मौजुदा सूची तयार गर्नको लागि कम्तीमा पन्ध्र्र दिनको
म्याद दिई प्रत्येक वर्ष देहायका कुरा खुलेको सूचना आÇनो कार्यालय, सम्बन्धित
जिल्ला प्रशासन कार्यालय, जिल्ला बिकास समिति र कोष तथा लेखा नियन्त्रक
कार्यालयको सूचना पाटीमा टा“स गरी वा राष्ट्रियस्तरको पत्रिकामा प्रकाशन गरी
ईच्छुक व्यक्ति, फर्म, संस्था वा कम्पनीबाट निवेदन माग गर्न सक्नेछः–
(क) आपूर्तिकर्ता, निर्माण व्यवसायी, वा सेवा प्रदायकले पूरा गर्नु पर्ने
योग्यताका आधार,
(ख) सूचीको वर्गीकरण,
(ग) सूची अद्यावधिक गर्ने कार्यविधि,
(घ) सूची मान्य रहने अवधि ।
(४) उपनियम (३) बमोजिमको योग्यताका आधार पूरा गर्ने व्यक्ति, फर्म, संस्था
वा कम्पनीले मौजुदा सूचीमा समावेश हुन निर्धारित समयावधि भित्र आवश्यक
कागजात सहित निवेदन दिन सक्नेछ ।
(५) उपनियम (४) बमोजिम प्राप्त निवेदन उपर जा“चबुझ गर्दा निवेदकले
उपनियम (२) बमोजिमको योग्यता पूरा गरेको देखिएमा त्यस्तो निवेदकलाई मौजुदा
सूचीमा समावेश गर्नु पर्नेछ ।धधध।बिधअयmmष्ककयष्ल।नयख।लउ
छढ
(६) मौजुदा सूचीमा समावेश भएका वा सो सूचीबाट हटाईएका आपूर्तिकर्ता,
निर्माण व्यवसायी, वा सेवा प्रदायकलाई सोको लिखित जानकारी सम्बन्धित स्थानीय
निकायले यथाशिघ्र दिनु पर्नेछ ।
(७) मौजुदा सूचीलाई प्रत्येक आर्थिक वर्षमा अद्यावधिक गर्नु पर्नेछ ।
(८) मौजुदा सूचीमा नरहेका बोलपत्रदाता वा प्रस्तावदातालाई स्थानीय
निकायबाट आव्हान भएको सिलबन्दी दरभाउपत्र, बोलपत्र वा प्रस्तावमा भाग लिन
बञ्चित गर्न पाईने छैन ।